एजेन्सि, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि सपथ लिनु अघि आपराधिक कारनामाका लागि सजायको सामना गर्नु पर्ने भएको छ । शुक्रबार न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले एक लिखत जारी गर्दै जनवरी १० मा सजाय सुनाउने आदेश गर्नुभएको छ ।
जहाँ ट्रम्पले आफैं या वारेशमार्फत उपस्थिति जनाउनु पर्ने छ । सन् २०१६ को राष्ट्रपति चुनावको अभियानका दौरान भुक्तानी गरेको गुप्त धन सम्बन्धका ३४ मामिलामा खारेज गर्ने ट्रम्पको प्रयासलाई पनि न्यायाधीश मर्चनले खारेज गरिदिनु भएको छ ।
दोस्रो कार्यकालको लागि चुनिनु भएका ट्रम्पले आफ्नो दोषसिद्धीलाई उल्टाउनका लागि हरसम्भव प्रयास गर्नुभएको बताइन्छ । गत मे मा ट्रम्पलाई गुप्त धन भुक्तानीका सम्बन्धमा ३४ मामिलामा दोषी ठहर गरिएको थियो ।