Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा स्थानीय मिलेर १० किलोमिटर कालोपत्र सडक सरसफाई


4K
Shares

गोरखामा स्थानीय मिलेर १० किलोमिटर कालोपत्र सडक सरसफाई

डिबि तामाङ । गोरखा, १६ पुस  गोरखाको सिरानचोक गाउँपालिका–३, स्थित करेली थुम्कादेखि वडा नम्बर ५ छोप्राकसम्मको करिव १० किलोमिटर सडकखण्ड स्थानीयबासी मिलेर सरसफाई गरेका छन् । सडकको संरक्षण र सम्बद्र्धनका लागि द्रव्यशाह राजमार्गमा पर्ने उक्त खण्ड सरसफाई गरिएको स्थानीय इश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘‘करेली थुम्कादेखि छोप्राकसम्मको कालोपत्र सडकको दायाँबायाँ बाटोमा उम्रिएका झार, बुट्यानलगायत पन्छाइएको हो, उहाँले भन्नुभयो, ‘‘पैदलयात्रु बाटोमा हिडडुल गर्नपनि समस्या भएको र सम्बन्धित निकायले आवश्यक चासो नदिएपछि स्थानीय मिलेर सडक सरसफाई गरिएको हो ।’’ सो सडक खण्डमा नाला, बुट्ट्यान र झारपातले सडकको दायाँबायाँ छेकेर पैदल यात्रीलाई हिडडुल गर्नसमेत कठिनाइ हुँदै आएको थियो ।

सडक दायाँबायाँ सरसफाई नहुँदा सडक दुर्घटनाको जोखिम बढेपछि स्थानीयबासीले समेत गाउँपालिका र वडालाई समेत सडक सरसफाईका लागि पटक–पटक आग्रह गरेको भएपनि नसुनेको ढकालको गुनासो छ । ‘‘पालिका र वडासंग पनि हामीले बारम्बार कुरा ग¥यौँ, उहाँले भन्नुभयो, ‘‘उहाँहरुले सुन्नु नै भएन, अव गाउँले मिलेर भएपनि गर्नुपर्छ भनेर सवै मिलेर सरसफाई गरिएको हो ।’’

सडक सरसफाईमा नेपाल रेडक्रस सोसाइटी, खानेपानी समुह, स्थानीय वन उपभोक्ता समुह, युवा क्बललगायतको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाका सदस्य खड्कबहादुर सापकोटाले जानकारी दिनुभयो । ‘‘सडकमा यत्रतत्र अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढी नै भएको थियो, खड्काले भन्नुभयो, ‘‘कुनै अप्रिय घटना हाम्रो नजिक नघटोस भन्ने लागेर स्थानीयको अगुवाईमा सरसफाई गरिएको हो ।’’

सडक दायाँवायाँ अवस्थित हुँदा सडकमा सवारी साधन गुडेका बेला पैदल यात्री कहाँ जाने भन्ने समस्या पर्ने गरेको थियो । विसं २०७२ सालको विनासकारी भुकम्प आएपछि आपतकालिन रुपमा निर्माण भएको द्रब्यशाह मार्ग अहिलेसम्म पनि मर्मत सम्भार गरेको छैन । उक्त खण्डमा ठाउँ–ठाँउमा भत्किएर आवातजावतमा समस्या पर्दै आएको छ ।

‘‘ठाउँ–ठाउँमा पहिरो खसेको छ, कालोपत्र भत्किएर खाल्टा खुल्टि परेको छ, पहिरो गएको छ तर सडक मर्मत सम्भारमा न सडक विभागले ध्यान दिएको छ न त पालिकाले नै ।’’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology