Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गोरखाको चौथो अधिवेशन सम्पन्न


1.4K
Shares

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गोरखाको चौथो अधिवेशन सम्पन्न

गोरखा, १६ पुस । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान गोरखाको छैटौ साधारण सभा तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ । गोरखा सदरमुकाममा भएको अधिबशेनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको प्रतिष्ठानले जनाएको छ ।

अधिबेशनले उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा जयराम अधिकारी र कोषाध्यक्षमा भगवती अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै नवनिर्वाचित समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद अधिकारी, राजिव अधिकारी, लिलावती अधिकारी, टिकाराम अधिकारी र शुसिला अधिकारी चयन भएका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जानुका अधिकारी, प्रदेश प्रतिनिधिमा उत्तम बाबु अधिकारी चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ । सल्लाहकार समितिको संयोजकमा यदुप्रसाद अधिकारी, सदस्यहरुमा एकदेव अधिकारी र टुकनाथ अधिकारी चयन हुनुभएको जनाइएको छ ।

गोरखा जिल्ला भित्र फैलिएका कश्यप गोत्रीय अधिकारीहरूको एकता, क्रियाशीलता बढाउदै वंशको गरिमा जगेर्ना गर्न तथा भावी पुस्तालाई समृद्धि र पहिचानसहितको जीवन उपलब्ध अपेक्षासहित प्रतिष्ठानले काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology