Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अखिल क्रान्तिकारी गोरखा नेतृत्व सर्वसम्मत निर्वाचित : अध्यक्षमा अम्गाई,सचिवमा खनाल चयन


1.8K
Shares

अखिल क्रान्तिकारी गोरखा नेतृत्व सर्वसम्मत निर्वाचित : अध्यक्षमा अम्गाई,सचिवमा खनाल चयन

गोरखा, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) गोरखाका नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ ।

हिजो अधिेबशनबाट निर्वाचित जिल्ला समितिका सदस्यहरुको बैठकले संगठनको गोरखा जिल्लाको अध्यक्षसहित सवै पदाधिकारीहरु चयन गरेको छ ।

जस अनुसार अध्यक्ष सुलभ अम्गाई, उपाध्यक्षमा सन्तोष बस्याल, सरोज चुदारा, सचिवमा सचिन खनाल, सहसचिवमा सन्ध्या अच्छामी र कोषाध्यक्षमा आकृति उपरकोटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक धुब्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसअघि सम्पन्न संगठनको जिल्ला भेलाले जिल्लाका भित्रका सवै पालिकाबाट प्रतिनिधित्व हुने गरी जिल्ला समितिका सदस्यहरुको टुङगो लगाएको थियो । नेतृत्वका बिषयमा पटकपटकको छलफलपछि सहमतिमा टुङगो लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology