गोरखा, १५ पुस । गोरखा सदरमुकाममा रहेको गोरखा दरबार सङ्ग्रहालय साउन महिना यता ५३ हजार बढीले अबलोकन गरेका छन् ।
गोरखा दरबार सङ्ग्रहालय उपलब्ध गराएको विवरण अनुसार साउनदेखी मंसिर मसान्तसम्ममा ५३ हजार ८४ जनाले सङ्ग्रहालयको अबलोकन गरेका छन् ।
यो ५ महिनामा मंसिर महिनामा अबलोकन गर्नेहरुको संख्या सबैभन्दा बढी देखिएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै २१ हजार २०१ ज्नाले सङ्ग्रहालयको अबलोकन गरेको देखिन्छ ।
मंसिरमा १२ हजार ५५९ जना नेपाली बिद्यार्थी, ८ हजार २७७ नेपाली सर्व साधारण नागरिक, सार्क राष्ट्रका १३ जना र ३५२ जना अन्य विदेशी नागरिकहरुले सङ्ग्रहालयको अवलोकन गरेका थिए ।
अहिलेको यो सिजन शैक्षिक भ्रमणको भएकाले पनि अबलोकन गर्नेहरुको संख्या ह््वात्तै बढेको कार्यालयले जानकारी दिएको छ । सङ्ग्रहालय अवलोकन गर्नेहरुको संख्यामा बृद्वि भए लगत्तै मंगलबार बिदाहुने कार्यालय पनि कर्मचारी ब्यवस्थापन गरी खोल्न थालिएको सङ्ग्रहालय प्रशासनले जानकारी दिएको छ ।
विगत ५ महिनामा अबलोकन गर्ने मध्ये २२ हजार ३४८ जना नेपाली बिद्यार्थी, २९ हजार ६७८ जना सर्व साधारण नेपाली, ९३० जना विदेशी नागरिक र ३८ जना सार्क राष्ट्रका छन् ।सङ्ग्रहालयले यो अवधिमा १० लाख ९२ हजार ६३० रुपैयाँ राजश्व समेत संकलन गर्न सफल भएको छ ।
तात्कालिन राजा राजेन्द्र बिक्रम शाहको पालामा बिक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरर्बार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पंञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरर्बारमा बिक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रुपमा संग्रालयको रुपमा खुल्ला गरीएको हो । संग्रालय परिषर वरपर करिब ३०० प्रजातिका बोट बिरुवाहरु देख्न पाइन्छ ।