Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लुक्लाबाट उडेको हेलिकप्टर चरासंग ठेक्किएपछि आकस्मिक अवतरण


1.2K
Shares

लुक्लाबाट उडेको हेलिकप्टर चरासंग ठेक्किएपछि आकस्मिक अवतरण

गोरखा, १४ पुस ः लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किँदा आकस्मिक अवतरण गरिएको छ । हेलि एभेरेष्टको ९ एनएकेजी हेलिकप्टर भक्तपुरको साँगामा आइतबार बिहान करिब १० : बजेको समयमा हेलिकप्टर चरासंग ठोक्किन पुगेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो। चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएको उहाँको भनाई छ ।

हेलिकप्टरमा सवार विदेशी पाइलट र पाँच जना यात्रु सवै सकुशल रहेका छन् । हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology