Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

म्यानमारबाट पाँच नेपालीको उद्धार


1.1K
Shares

म्यानमारबाट पाँच नेपालीको उद्धार

काठमाडौं, ९ पुस । म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना पुरुष थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ ।’ दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology