गोरखा, ७ पुस । गोरखा नगरपालिकामा जारी अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता अन्र्तगत हिजो शनिवार तीन खेल सम्पन्न भएको छ ।
गोरखा मेयरकप फुटवल विकास कार्यक्रम अन्र्तगत भइरहेको प्रतियोगितामा आज छात्रतर्फको द ओल्ड क्यापिटल बोडिङ स्कुलले द ओसन क्लबलाई पराजित गरेको छ भने छात्रा तर्फको खेलमा पनि द ओल्ड क्यापिटलले शक्ति माध्यामिक विद्यालयलाई पराजित गरेको आयोजकले जनाएको छ ।
त्यस्तै छात्रातर्फ नै आज भएको महालक्ष्मी मा.वि र रत्नराज्य लक्ष्मी मा.वि बिचको खेलमा रत्नराज्य लक्ष्मी मावि बिजयी भएको आयोजक द ओसन क्बलका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्र तर्फ द ओल्ड क्यापिटल मा.वि र रत्नराज्य लक्ष्मी मावि फाइनलमा प्रवेश गरिसकेका छन् । छात्रा तर्फको सेमिफाइनल खेल पुस १० गते बुधबार हुने आयोजकले जनाएको छ ।