Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रास्वपा गोरखा जिल्ला भेला सम्पन्न : सुवर्ण रोकाहा क्षेत्रीको अध्यक्षतामा बन्यो कार्यसमिति


2.9K
Shares

रास्वपा गोरखा जिल्ला भेला सम्पन्न : सुवर्ण रोकाहा क्षेत्रीको अध्यक्षतामा बन्यो कार्यसमिति

गोरखा, ७ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको जिल्लाको भेला शनिवार सम्पन भएको । गोरखा सदरमुकाम जारी भेलाले तर्दथ रहेको जिल्ला समितिलाई रुपान्तरण गरी कार्यसमिति गठन गरेको पार्टी नेता अमृत भट्टराईले जानकारी दिनुभयो । भेला पार्टीको जिल्ला संयोजक सुर्वण रोकाहा क्षेत्रीलाई जिल्ला पार्टी सभापतिको जिम्मेवारी तोकिएको उहाँको भनाई छ ।

त्यस्तै उपसभापतिमा धुब्र अधिकारी, सचिवमा मिलन राना, सहसचिवमा राजेश्वर अम्गाईलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बिष्णु ढकाल, अन्जना काप्री, शंकरबाबु देवकोटा, नारायण प्रसाद देवकोटा र शशिकला धिताललाई चयन गरेको उहाँले बताउनुभयो । भेलाले गोरखा प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजक एव जिल्ला पार्टी सदस्यमा बेदप्रसाद ढकाललाई जिम्मेवारी दिएको छ भने क्षेत्र नम्बर २ को सदस्य चयन गर्न बाँकी रहेको जनाएको छ ।

भेलामा पार्टीका उपसभापति एवं प्रतिनिधिसभाका सांसद स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । भेलाको उद्घाटन कार्यक्रम अघि सदरमुकामको पेट्रोलपम्पस्थित पार्टी कार्यालयबाट ¥याली निकालिएको थियो । ¥यालीमा सहभागी नेता कार्यकर्ताहरुले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले फसाउने षडयन्त्र गरेको भन्दै सरकार बिरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

पार्टीका जिल्ला संयोजक सुर्वण रोका क्षेत्रीको अध्यक्षतामा सम्पन्न सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका पार्टी प्रमुख राजन गौतम लगायतको पनि सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology