गोरखा, ३ पुस । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत कुल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ ।
विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रहेको छ ।