गोरखा, ३ पुस । गोरखा नगरपालिका वडा नम्बर १ र २ कोखेमा बिभिन्न राजनीतिक दलमा क्रियाशिल ७३ जना स्थानीय नेताकार्यकताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र वडा २ नम्बरको आयोजनामा बुधबार आयोजित एक कार्यक्रमका बिच उनिहरुलाई पार्टीमा प्रवेश गराइएको हो । वडापार्टी समितिका अध्यक्ष अनादिन मियाँको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कमला नहर्की र लेखबहादुर थापामगरले पार्टीको सदस्यता प्रदान गर्दै खाँदा लगाएर उनिहरुलाई पार्टीमा स्वागत गरेको जिल्ला सचिव अंकुर तिमल्सिना ‘आयाम’ ले जानकारी दिनुभयो ।
स्थानीय नेता मौलाना ज्याऊर्र रहमान मियाँ र रयाजुदिन मियाँको संक्रिय पहलकदमीमा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य एव गण्डकी प्रदेशका पूर्वकृषि मन्त्री लेखबहादुर थापामगरले माओवादी केन्द्रमा ध्रुबिकृत हुनेको लहर बढेको बताउनुभयो ।
माओवादी केन्द्रले देशमा थालेको सुशासन र सम्बृद्धिको अभियानले जनतामा उत्साह थपिएको भन्दै देशभक्त, राष्ट्रप्रेमी एवं भ्रष्टाचार बिरोधी सवै माओवादी केन्द्रमा आउन थालेको उहाँको भनाई छ ।

‘‘माओवादी केन्द्र सरकारमा रहँदा सुरु गरेको भ्रष्टाचार बिरुद्धको अभियानले जनतामा आशा र विश्वास थपेको छ, उहाँले भन्नुभयो, ‘‘अहिले काग्रेस एमालेको गठबन्धनको सरकारले भ्रष्टाचार गर्नेहरु जोगाउने काम मात्र गरिरहेको जनताले राम्रोसंग बुझेका छन् ।’’
भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा प्राप्त मत परिणामले पनि माओवादी केन्द्र प्रति जनलहर बढेको पुष्टी भएको केन्द्रीय सदस्य थापामगरको बताउनुभयो ।
गोरखा नगरपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उमेद्वारलाई जनताले जिताएको मात्र नभएर भ्रष्टाचारका बिरुद्ध जनता उभिएको पनि स्पस्ट भएको उहाँको भनाई छ ।

वडापार्टी अध्यक्ष अनुदिन मियाँले काग्रेस एमालेलगायतका पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश चाहानेहरु अझ धेरै रहेको बताउनुभयो ।