Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य तोलामा ७०० ले घट्यो


896
Shares

सुनको मूल्य तोलामा ७०० ले घट्यो

काठमाडौं,३ पुस । सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो ।

यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology