गोरखा २७ मसिर । विद्यालय उमेरमै घरको ढोकामा भित्ते पत्रिका बनाएर टाँसेथेँ १ उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम झरेपछि विसं २०६० तिर घर जाँदा पसलबाट चोरेर ल्याएको पैसाले क्याम्पसका सहपाठीहरूसँग मिलेर केही वर्ष ‘दिव्य दर्पण’ साहित्यिक ९जतिबेला साहित्यिक पत्रिकाको लहर नै चलेको थियो० प्रकाशनको नेतृत्व लिएँ ।
एफएम रेडियोको युग सुरू भयो । विसं २०६३ को आखिरितिरबाट बागलुङ एफएमसँग जोडिएँ । कार्यक्रम संयोजकसहित समाचार कक्षमा काम गरेँ । यहीबीचमा ढोरपाटन राष्ट्रिय दैनिकमा साहित्यिक सिर्जना, लेख र समाचार लेखनमा बाँवे सर्दै अघि बढेँ ।ढोरपाटन दैनिक चोकमा जल्दा ‘विचार जल्दैन’ भनेर समाचार(कथा लेखेको आज याद भइरहेको छ ।
समय बित्दै गयो ( विसं २०६८ मा राज्यद्वारा सञ्चालित आधिकारिक समाचार संस्था राससमा जोडिन आइपुगेँ । ७० को दशकतिर आइपुग्दा रेडियोकर्मबाट विस्तारै बाहिर निस्केँ । तत्पश्चात ‘सन्तुलित साप्ताहिक’को प्रकाशन सुरू भयो । सम्पादकरप्रकाशकका रूपमा त्यसको अगुवाई गरेँ । अफशोच उक्त प्रकाशनले लामो समय निरन्तरता पाउन सकेन । तर, मेरो पत्रकारिता यात्रा भने रोकिएन र आजका मितिसम्म पनि राससकामार्फत दैनिक खबरक्रममा क्रियाशील छु ।
पत्रकारिता पेशाका अतिरिक्त श्रमजीजी पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घमा पनि सेवा गरिरहेँ । विसं २०६८ मा सदस्य बनेपछि विसं २०७० मा भएको पाचौँ अधिवेशनबाट महासङ्घ बागलुङ शाखामा पहिलोपटक सदस्यतर्फ सबैभन्दा धेरै मतसहित कार्यसमितिमा पुगेँ । सक्रिय सदस्यका रूपमा भूमिका निर्वाह गरेँ । विसं २०७३ को छैठौँ अधिवेशनमार्फत सचिवका रूपमा कार्यसमितिमा सक्रिय समय बिताएँ । तत्कालिन अध्यक्ष आदरणीय दिल शिरीषज्यूको अध्यक्षतामा बनेको सर्वसम्मत कार्यसमितिले महासङ्घको भवन निर्माणलगायतका महत्वपूर्ण उपलब्धि हासिल गर्दा म महासङ्घको सक्रिय कार्यकर्ताका रूपमा रहन पाएकामा अहिले पनि गौरवको महसुस हुन्छ ।
उक्त सर्वसम्मत नेतृत्व चयनका सबालमा तत्कालिन प्रेस सेन्टर नेपालको जिल्ला अध्यक्षका हैसियतमा निर्णायक भूमिका खेलेको सन्दर्भ पनि आज स्मरणमा आइरहेको छ । पेसागत सङ्गठनका प्रमुखसहित महासङ्घको सिङ्गो नेतृत्व, पूर्वअध्यक्ष, सल्लाहकार आदि बसेर बागलुङका हकमा सर्वसम्मत नेतृत्व निर्माणको संस्कृति थालनी भएको थियो । जसलाई लिखित सहमतिमार्फत संस्थागत गरिएको थियो । र, भनिएको थियो( छैठौँ, सातौँ, आठौँ र नवौँ अधिवेशनसम्म क्रमशः प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घले पालैपालो नेतृत्व लिने ।
त्यसकै मर्म र भावना अनुसार छैँठौँ अधिवेशनमा प्रेस चौतारीका आदरणीय दिल शिरीष र सातौँ अधिवेशनमा प्रेस युनियनका तर्फबाट आदरणीय नरेश कँडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्माण भयो । सातौँ अधिवेशनमा केन्द्रिय समीकरण अलग्गै भएपनि हामी अन्ततः विगतको सहमतिमा पुगेका थियौँ । जबकी त्योबेला देशव्यापी रूपमा प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घको एउटा र प्रेस चौतारीको अलग समीकरण थियो । त्यसअन्तर्गत बागलुङ प्रेस सेन्टरको भागमा पनि परेको थियो । यति हुँदाहुँदै पनि पूर्वलिखित सहमती कार्यान्वयनका सन्दर्भमा प्रेस युनियनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको निटक विगत हामी सबैसामु साक्षी नै छ ।
थप नयाँ लिखित सहमति गरी आठौँ अधिवेशनमा प्रेस सेन्टर र नवौँ अधिवेशनमा प्रगतिशील पत्रकार सङ्घको नेतृत्वमा सर्वसम्मत नेतृत्व निर्माण गर्ने सर्वपक्षीय प्रतिबद्धता गरिएको हामी सबैकासामु छर्लङ्ग छ । अझ एककदम अघि सरेर प्रेस सेन्टरबाट राम थापा ‘अविरल’ अध्यक्ष बन्ने भनेर उक्त सहमतिमा लेखिएका अक्षर धुमिल भइसकेका छैनन् । अफशोच आज केन्द्रिय समीकरणका नाममा विगतका सहमति भङ्ग हुने स्थिति बनेको छ र आफ्नै प्रतिबद्धताबाट कतिपय सङ्गठनहरू फिर्ता हुनुभएको छ । यसकाप्रति दुःखित हुँदै म आज प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घको साझा उम्मेदवारका रूपमा महासङ्घ, बागलुङ शाखा अध्यक्ष पदमा चुनावी मैदानमा खडा भएको छु । आदरणीय पत्रकार(मतदाताज्यूहरूको अमूल्य र निर्णायक साथ ९मत०को प्रतिक्षामा छु १ कृपया हाम्रो प्रिय र आदर्श संस्थाको सेवा गर्ने मौका दिनुहोस् ।