Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका २ जना युवक लागूऔषध सहित पक्राउ


2.2K
Shares

गोरखाका २ जना युवक लागूऔषध सहित पक्राउ

गोरखा, २६ मंसिर । गोरखा सदरमुकामका २ जना युवकलाई लागूऔषध सहित प्रहरीले अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३० बर्षका समिन जोशी र सलिन श्रेष्ठ भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

पक्राउ परेको दुवैजनाबाट प्रहरीले ३०० ट्याब्लेट ट्रामाडोल, २० एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र ३८ एम्पुल बुप्रेनुर्फिन प्रहरीले बरामद गरेको छ ।

दुवै जनालाई प्रहरीले नारायणगढदेखी गोरखा तर्फ आउदै गरेको ना। ५ ख ३१४ नम्बरको बसलाइ चेकजाँच गर्ने क्रममा उक्त सामाग्री फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका दुवै जना बिरुद्व प्रहरीले लागूऔषध मुद्वा दर्तागरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology