Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एनपीएलमा कर्णाली याक्सको पहिलो जित


1.9K
Shares

एनपीएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडौं, २१ मंसिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍।५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

अन्तिम ओभरमा रोमाञ्चक क्षण

अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो । क्रिजमा जिसान मक्सुद र अर्जुन घर्ती थिए ।

चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २(२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित पारे ।

ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै कर्णालीलाई गतिलो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ९।५ ओभरमा ५३ रनको साझेदारी गरेको थियो । देव २५ रन बनाएर चितवनका कप्तान कुशल मल्लबाट एलबीडब्लु धरापमा परे । उनले ३४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

धवनले १६औं ओभरको दोस्रो बलमा लफ्टी इटनबाट कट एण्ड बोल्ड हुनुअघि ४१ बलमा ४चौका र १ छक्का प्रहार गरी ४५ रन बनाए । बलिङमा कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले १(१ विकेट लिए ।

त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । बोपाराले ४० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए । बोपारा बने लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी

बोपारा जारी एनपीएलमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए ।

बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कप्तान कुशल मल्लले २३ रन बनाए । २७ बल खेलेका उनले २ चौका र १ छ्क्का प्रहार गरे । विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी नन्दन यादवले २ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए । कप्तान सोमपालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology