Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

१० ओभर आइपुग्दा विराटनगरको ब्याटिङ धरापमा


2.1K
Shares

१० ओभर आइपुग्दा विराटनगरको ब्याटिङ धरापमा

काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगर किङ्ग्सले १० ओभरमा ७३ रन बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेको विराटनगरले लुम्बिनीले दिएको १९२ को लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ७३ बनाएको छ। यसअघि पावरप्लेमा १ विकेटको क्षतिमा ५४ रन बनाएको थियो।

विराटनगरको पहिलो विकेट ओपनर इस्मात आलम डक आउट भए। दोस्रो विकेटका लागि भने लोकेश बमले मार्टिन गप्टिलसँग ५२ रनको अर्धशतकीय साझेदारी गरे। ७।१ ओभरमा मार्टिन गप्टिललाई लुम्बिनीका दुर्गेश गुप्ताले क्लिन बोल्ड गर्दिए।

 

तेस्रो विकेट राजेश पुलामी १० बलमा ४ रन बनाउँदै कट एण्ड बोल्ड भए। उनलाई साद बिन जफरले कट एण्ड बोल्ड गरे। चौथो विकेटका लागि निकोलस क्रिटोन गोल्डेन डक भए। हालः लोकेश २७ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा खेलिरहेका छन्। उनलाई हालः बसिर अहमदले १ रनमा खेलिरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology