काठमाडौं, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदर्शनकारीमाथि प्रहरीले फोहोरा प्रहार गरेको छ । बुधबार चितवनको चौबिसकोठीमा जारी प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
अहिले रास्वपा सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । त्यहाँ बयानका लागि पुर्याएपछि रास्वपाले प्रदर्शन गरेको हो ।