काठमाडौं,१८ मंसिर । कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
दीपेन्द्रले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गर्नुभयो । उहाँले १९।५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्नुभएको थियो । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाउनुभयो । उहाँले ३ चौका र ५ छक्का प्रहार गर्नुभयो । उहाँले बाउन्ड्रीबाट ४२ रन जोड्नुभयो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाउनुभयो ।
विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट लिए । सुदूरपश्चिमले बनायो यो रन जारी एनपीएलको उच्च हो ।