Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको उप–निर्वाचन : पुरुषभन्दा महिलाको मतदान धेरै


2K
Shares

गोरखाको उप–निर्वाचन : पुरुषभन्दा महिलाको मतदान धेरै

गोरखा, १७ मंसिर ।  गोरखाको गोरखा नगरपालिकाको वडा नम्बर ५ मा हिजो भएको उप–निर्वाचनमा पुरुषभन्दा महिलाले बढी मतदान गरेका छन् । वडाध्यक्ष पदकालागि हिजो आइतबार भएको उप–निर्वाचनमा महिलाको सहभागिता बढी भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

वडा भित्रको शिवशक्ति र गोरखाकाली आधारभूत बिद्यालयमा भएको निर्वाचनमा पुरुषकोभन्दा महिलाले बढी मतदान गरेको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिनुभयो ।

भाटका अनुसार २ वटा मतदान केन्द्रको ३ स्थानमा भएको मतदानमा ७५७ जना महिलाले मतदानमा सहभागिता जनाउदा ६१६ जना पुरुषले मतदानमा सहभागिता जनाएको थियो ।

शिवशक्ति आधारभूत बिद्यालयको ‘क’ केन्द्रमा ७२८ जना मतदाता मध्य २४० जना महिला र २२९ जना महिला गरी ४६९ जनाले मतादान गरेका थिए भने सोही केन्द्रको ‘ख’ मतदान केन्द्रमा ७७३ जना मतदाता मध्य २६२ जना महिला र १८४ जना पुरुष गरी कुल ४४६ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

त्यस्तैगरी, सोही वडाभित्रको गोरखकाली आधारभूत बिद्यालयमा पनि पुरुषभन्दा महिलाले नै बढी मतदान गरेका थिए । उक्त केन्द्रमा ७२४ जना मतदाता रहेकोमा २५५ जना महिलाले मतदान गर्दा २०३ जना पुरुष गरी कुल ४५८ जनाले मतदानमा सहभागिता जनाएको थियो ।

निर्वाचन आयोगले सो वडामा २ हजार २२५ जना मतदाताको नामावली सार्वजनिक गरेको भएता पनि बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म भएको उप–निर्वाचनमा १ हजार ३७३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिजो भएको निर्वाचनमा माओवादी केन्द्रका बिण्णु रानामगर बिजयी भएका थिए । उनले खसेको मतमध्य ४८६ मत पाएका थिए ।

रानाको प्रतिद्वन्दी मानिएको नेपाली काँग्रेसका भाईकाजी आलेले ४०२ मत, नेकपा एमालेकी दुर्गामायाँ रानामगरले ३४५ मत, राष्ट्रिय स्वतन्त्र पाट्रीका मंगलबहादुर थापाले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पाट्रीकी कमला रानाले १२ मत, नेपाल समाजबादीका रूपेश मग्रातीले १० मत, मंगोल नेशनल अर्गनाइजेशनकी भवानी थापा मगरले ९ मत, राष्ट्रिय प्रजातन्त्र पाट्री नेपालका रुप सिं रानाले ५ मत र नेशनल रिपब्लिक नेपालकी सबिना तामाङले ४ मत प्राप्त गर्नुभएको थियो ।

खसेको कुल मत १ हजार ३७३ मध्य १८ मत बदर भएको छ । उप–निर्वाचनमा बिभिन्न ९ राजनीतिक दलका ९ जना उमेद्वार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology