Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उपनिर्वाचन : गोरखा नगरपालिका–५, मा माओवादी केन्द्रका रानामगर विजयी


2.2K
Shares

उपनिर्वाचन : गोरखा नगरपालिका–५, मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा, १७ मङ्सिर :  गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बिष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा रानामगरले ४ सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेकपा एमालेकी उमेद्वार दुर्गामाया राना थापाले ३ सय ४५ मत प्राप्त गर्नुभयो ।

कुल २ हजार २ सय २५ मतदाता रहेको उक्त वडामा १ हजार ३ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको उहाँले बताउनुभयो । उपनिर्वाचनमा बिभिन्न ९ राजनीतिक दलका ९ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थिए ।

गत २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका नेकपा एमाले खिलबहादुर रानामगरको निधन भएपछि यस वडामा रिक्त रहेको पदमा आइतबार उपनिर्वाचन भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology