Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा–५ को उपनिर्वाचनमा ५७ प्रतिसत मत खस्यो (फोटो फिचरसहित)


3.9K
Shares

गोरखा–५ को उपनिर्वाचनमा ५७ प्रतिसत मत खस्यो (फोटो फिचरसहित)

गोरखा, १६ मङ्सिर ः गोरखा नगरपालिका–५ मा भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा ५७ प्रतिसत भन्दाबढी मत खसेको छ । दिउँसो २ः३० बजेसम्म दुईवटा मतदान केन्द्रमा गरी १ हजार २ सय ८० मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिनुभयो ।


उहाँका अनुसार अहिलेसम्म स्वाँरास्थित गोरखकाली आधारभूत विद्यालयको मतदान केन्द्रमा ४ सय २३ मत खसेको छ । त्यहाँ कुल ७ सय २४ मतदाता रहेका छन् । त्यस्तै अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ८ सय ५७ मत खसेको उहाँले बताउनुभयो ।


शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा १ हजार ५ सय १ जना मतदाताहरु रहेका छन् ।

दुवै मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो । मतदाताहरु लाइनमा बसेर शान्तिपूर्वक उत्साहका साथ मतदान गरिरहेका अधिकृत रानभाटले बताउनुभयो । यस वडामा कुल २ हजार २ सय २५ मतदाता रहेका छन् ।


गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा बिभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना वडाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology