Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय


2.2K
Shares

मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय

नयाँ दिल्ली, १३ मंसिर । बुलन्दसहरको एक अदालतले एउटा निजी माहुरी पालन केन्द्रमा चोरी गरेको मुद्दामा एक व्यक्तिलाई ४ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । माहुरी चोरीमा दोषी भेटिएपछि आरोपी अमरवीर सिंहलाई ४ वर्ष ७ महिना ११ दिनको सजा सुनाइएको हो ।

सन् २०१५ मा रुडपुर बांगर गाउँका अमरवीर सिंहमाथि छतारीमा रहेको मौरीपालन केन्द्रबाट माहुरीका ७६ बाकस चोरी गरेको आरोप लागेको थियो । यसपछि माहुरी केन्द्रका मालिक मोहम्मद उस्मानले सन् २०१५ को सेप्टेम्बर १० मा प्रहरीमा उजुरी दिए । आईपीसीको धारा ३७९ र ५०६ अन्तर्गत अनुप शहरका प्रहरीले मुद्दा दर्ता गराएको थियो ।

प्रहरीले सन् २०१६ मा अदालतमा आरोपपत्र दायर गर्‍यो । नौ वर्षसम्म चलेको मुद्दाको सुनुवाइपछि अतिरिक्त न्यायाधीश यज्ञेशकुमार सोनकरले आरोपितलाई नोभेम्बर २६ मा दोषी ठहर गरेका थिए । आफूले सबै आशा त्यागेको, तर अन्ततः न्याय प्राप्त भएको फैसला आएपछि मोहम्मद उस्मानले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology