Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा


882
Shares

आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको भन्दै एमाले सांसद सवार गाडी नियन्त्रणमा

बुटवल,१३ मंसिर । कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले बताउनुभयो ।

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताउनुभयो । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए । आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology