Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा घर भएका मिया अबैध लागू औषधसहित पक्राउ


1.6K
Shares

गोरखा घर भएका मिया अबैध लागू औषधसहित पक्राउ

गोरखा, १२ मंसिर । गोरखा घर भएका मिया अबैध लागू औषधसहित पक्राउ गरेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट ३ सय ३० किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ ।

गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले ३ सय ३० किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।

त्यसैगरी बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology