Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बारपाक सुलिकोटमा बिपद् जोखिम न्युनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्साङ्कन


2.7K
Shares

बारपाक सुलिकोटमा बिपद् जोखिम न्युनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्साङ्कन

गोरखा, ११ मङ्सिर ः गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने बिपद् जोखिम न्यनीकरणका लागि वस्ती वरपर रहेका बिभिन्न उन्नाइस स्थानका पहिरोको नक्साङ्कन गरिएको छ । पहिरोले मानव बस्ती, समुदाय, खेती योग्य जमिन तथा भौगोलिक रुपमा पु¥याउनसक्ने सम्भावित क्षतिको न्युनीकरणका लागि नक्साङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्र संङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ) मार्फत बढी बस्तीलाई क्षति पु¥याउन सक्ने पालिका भित्रका पहिरो गएका स्थानको नक्साङ्कन गरिएको उहाँको भनाई छ । गाउँपालिकाले १९ स्थानका पहिरोको नक्साङ्कनका लागि प्राथामिकीकरण गरेको थियो ।

पहिरोको नक्साङ्कनले पहिरोबाट हुनसक्ने जोखिमको अनुमान गर्न सकिने भएकाले जोखिम न्युनीकरण र रोकथामका लागि सजिलो हुने एफएओका विपद् जोखिम न्युनीकरण बिशेषज्ञ लिलाजंग गुरुङले जानकारी दिनुभयो । ‘‘पहिरो नियन्त्रणको काम गर्नुअघि पहिरोको अवस्था पत्ता लगाउन पहिरोको सम्पूर्ण अध्ययन गरी नक्साङ्कन गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘‘त्यसपछि मात्र पहिरोको सम्भावित जोखिम थाहा हुन्छ र जोखिम न्युनीकरण गर्न सजिलो हुन्छ ।’’

पहिरोको नक्साङ्कन गर्दा पहिरोको भौगोलिक, भौर्गविक अवस्था, पहिरो रहेको स्थानको माटो, ढुङ्गा, चट्टानको अवस्थाको अध्ययन गरिन्छ । नक्साङ्कनले पहिरो अवस्था पत्ता लाग्ने उहाँको भनाई छ । नक्साङ्कन गरिएका पहिरोहरुको जोखिमताका आधारमा तीन भागमा बिभाजन गरि नियन्त्रणका लागि योजना बनाउन सुझाव दिइएको गुरुङले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ५, वडा नम्बर ६ र ८ का बस्तीमा नजिक रहेको पहिरोको नक्साङ्कन गरेको हो । नक्साङ्कनबाट धेरै उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिमका आधारमा छुट्याइएको छ, उहाँले भन्नुभयो, ‘‘एघार स्थानका पहिरो थोरै बजेटमा पनि नियन्त्रण गर्न सकिने अवस्था छ ।’’

गाउँपालिकाले पहिरोका कारण बस्तीमा क्षति पु¥याउन सक्ने जोखिमयुक्त ठाउँको पहिरोहरुको नक्साङ्कन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology