Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या


1.3K
Shares

चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

रुकुम पश्चिम, १० मंसिर । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटना गएराति ८ बजेतिरको हो । बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको पाठकले बताउनुभयो ।

अहिले वीरबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । पाठकका अनुसार वीरबहादुर नशाको प्रयोग गर्ने गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology