Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विवाह गर्दै गायिका स्मिता दाहाल


2.4K
Shares

विवाह गर्दै गायिका स्मिता दाहाल

काठमाडौँ, १० मंसिर। गायिका स्मिता दाहालले विवाह गर्ने भएकी छन् । उनले आगामी २१ गते प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । विवाह समारोह गोकर्णस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको बताइन्छ । केही अगाडि दुवैले इन्गेजमेन्ट समेत गरिसकेका छन् ।

दाहालले श्रेष्ठलाई प्रेमीको रूपमा चिनाउँदै सामाजिक सञ्जालमा जीवन साथीको भएको समेत बताउनुभएको छ । उहाँले इन्स्टाग्राम भन्नुभएको छ( ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैँको लागि योजना बनाउँदासम्म ।

हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातिसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीका लागि धन्यवाद । मेरो औँला वरिपरि बेरिएको वाचाका लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद ।

यहाँ हाम्रो सुरुवातका लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनका लागि । म तिम्रो हुनका लागि पर्खन सक्दिन, सधैँ र सधैँ । मेरो सारा हृदयले, तिम्रो ।’ दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology