Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पूर्वउपराष्ट्रपति पासाङ माओवादीको सक्रिय राजनीतिमा फर्किँदै


980
Shares

पूर्वउपराष्ट्रपति पासाङ माओवादीको सक्रिय राजनीतिमा फर्किँदै

काठमाडौँ, २८ कार्तिक । पूर्वउपराष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ुपासाङु माओवादी केन्द्रमा फर्किन लागेका छन् ।

पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ ।

उहाँ २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उहाँ निष्क्रिय रहँदै आउनुभएको थियो ।

यहीबिचमा माओवादीमा फर्किने विषयमा प्रचण्ड र पासाङबिच पटक पटक छलफल भएको र अहिले आएर समझदारी भएको माओवादी स्रोतका भनाइ छ । ‘उहाँ अब छिट्टै पार्टीको सक्रिय राजनीतिमा फर्किनुहुन्छ’, स्रोतले भन्यो ।

दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारीसमेत एमालेको राजनीतिमा फर्किन लागेको चर्चा हुँदै आएको बेला पासाङ पनि पार्टी राजनीतिमा सक्रिय हुन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology