Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ


791
Shares

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

काठमाडौं, १९ कात्तिक ।  मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका(२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology