Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मलद्वारभित्र लागुऔषध लुकाउने ब्यक्ति पक्राउ


2.1K
Shares

मलद्वारभित्र लागुऔषध लुकाउने ब्यक्ति पक्राउ

दमक, १७ कात्तिक ।  चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीको निगरानीबाट छलिन र नयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका लागुऔषध कारोबारीहरुले पछिल्लो समयमा मलद्वारभित्र लागुऔषध लुकाएर ल्याउने गरेको पाइएको छ ।

यसैक्रममा झापाको शिवसताक्षी नगरपालिकाका छबिलाल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति साढे ८ बजेतिर काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर काँकडभिट्टातर्फ आउँदै गरेका शिवसताक्षी वडा ८ बस्ने ३८ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीले जाँचगर्दा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology