काठमाडौं,१५ कात्तिक । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस ९एचपीभी०विरुद्धको खोप निःशुल्क दिने भएको हो ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी माघदेखि खोप अभियान सञ्चालन गर्न योजना थालिएको बताउनुभयो ।
उहाँका अनुसार ती उमेर समुहका करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् । आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने उहाँले बताउनुभयो ।
‘माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ डा. गौतमले भन्नभयो, ‘विद्यालय बाहिर भएका बालबालिकालाई पनि स्वास्थ्य संस्थाबाट खोप दिन्छौं ।’
उनले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताए । यसअघि सरकारले सात संघीय अस्पतालमा डेमोष्ट्रेसन नमूनाका रुपमा १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।
तर, यो अभियान यस वर्षको मात्र होइन । यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ ।
सपटक खोप दुई पटक दिनुपर्ने र केही खोप खेर जाने हुँदा करिब ३४ लाख डोज आवश्यक पर्ने उहाँले बताउनुभयो ।
‘अर्को वर्षदेखि एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । यसवर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर, नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।
चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभी विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।
नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघर मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको कारण सरकारले नियमित खोप सञ्चालन गर्ने योजना बनाएको हो ।
चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् ।
महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने स्त्री रोग विशेषज्ञ डा। कीर्तिपाल सुवेदी बताउँछन् ।
‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन । भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ,’ सुवेदीले भन्नभयभो ।
चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनुले हुने गर्छ ।