Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपालविरूद्ध बंगलादेशले फेरि लियो अग्रता


2.5K
Shares

नेपालविरूद्ध बंगलादेशले फेरि लियो अग्रता

काठमाडौं, १४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा बंगलादेशले नेपालविरूद्ध दोस्रो पटक खेलमा अग्रता लिएको छ।

बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गर्नुभयो । उहाँले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सक्नुभएन ।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गर्नुभएको थियो ।
त्यसअघि ५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेको थियो ।

नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी सकियो। खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन। नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।

त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिनुभयो ।

खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।

त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे। तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए।

नेपाल र बंगलादेश साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधिका लागि भिडेका हुन्। सन् २०२२ मा दशरथ रंगशालामै भएको फाइनलमा नेपालमाथि बंगलादेशले ३(१ गोलको जित निकालेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology