काठमाडौं, १३ कार्तिक । साताको तेस्रो दिन आज सुनको भाउले फेरी नयाँ कीर्तिमान बनाएको छ । साताको तेस्रो दिन सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै उच्च हो । गएको आइतवार सुन तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको थियो । यस्तैगरी, आजै चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर २ हजार १०० पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।