काठमाडौ, ११ कार्तिक । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि नजिक पुगेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७(१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । बंगलादेशका लागि कप्तान सविना खातुनले दुई गोल गर्दा तोहुरा खातुनले ह्याट्रिक पूरा गर्नुभयो । तोहुराले १५, ३५ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सविनाले २६ र ३७ मिनेटमा गोल गर्न सफल हुनुभयो ।
त्यसअघि सातौं मिनेटमा ऋतु चक्माले बंलादेशका लागि पहिलो गोल गर्नुभयो । यस्तै बंगलादेशका लागि सातौं गोल मसुरा प्रविनले ७२ मिनेटमा गर्नुभएको थियो । भुटानकी डेकी लाजोमले गरेको गोल सान्त्वनामा सीमित बन्यो । अब उपाधिका लागि बुधबार बंगलादेशले नेपाल वा भारत मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भातरबीच आज साँझ साढे ६ बजे दोस्रो सेमिफाइनलमा खेल हुँदैछ । सन् २०२२ मा नेपालमै भएको साफको सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो। फाइनलमा भने नेपालले बंगलादेशसँग हार ब्यहोरेको थियो ।