Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?


2.4K
Shares

ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?

काठमाडौँ, ११ कार्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन् । आइतबार ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र त्यति सजिलै प्राप्त नभएको भन्दै कोही उफ्रँदैमा डेमोक्रेसी खत्तम नहुने बताउनुभयो ।

‘म भन्दिन चाहन्छु, दुईचार अराजक तत्त्वहरू सडकमा उफ्रिएर नेपालमा डेमोक्रेसी खत्तम हुँदैन । हुन दिइने छैन’, प्रधानमन्त्रीको भनाइ छ । उहाँले जरुरी पर्दा राजनीति के हो र देशका लागि राजनीति कस्तो हो र कसरी बचाउनुपर्छ भन्ने बुझेको पनि बताउनुभयो ।

कसैले हतियार चलाउन बिर्सेका छैनौँ भन्दैमा आत्तिनुनपर्ने भन्दै प्रधानमन्त्रीले दुईचार हजारको जुलुस निस्कँदैमा भरेभोली नै गयो सरकार भनेर प्रचार भएकोमा आक्रोश पोखे । ‘खाने बेलामा आँखा नदेख्ने अनि अहिले अरूलाई गाली गर्ने । अन्याय भो भन्ने । फेरि न्याय दिने काम त मेरो होइन । खुर्सानी चपायो भने पिरो हुँदैन ?’ ओलीले माओवादी केन्द्र र रास्वपाको आन्दोलनलक्षित टिप्पणी गरे । उनले सरकारले कसैलाई पनि अन्याय गर र गिरफ्तार गर नगर्ने बताउनुभयो ।

‘निष्पक्षताबाट सरकार पछि हट्दैन । दुई चार जना कराएर न्यायालय प्रभावित पार्छु भन्ने ठानेको छ भने मैले विश्वास लिएको छु त्यस्ता हा हु बाट प्रभावित हुन थाल्यो भने नेपालमा न्यायको सम्भावनै हुँदैन’, प्रधानमन्त्रीले भन्नुभयो ,‘मैले हिजो अदालतमाथि आक्रमण गर्दै बोलेको सुन्नुभयो ।’

उहाँले हिजो आफूले सहकारीबारे समिति नबनाऊ भन्दा उनीहरुले नै बनाउनुपर्छ भनेर जोड गरेको भन्दै सर्वसम्मत समितिले सिफारिस गरेको विषयमा सडकमा उफ्रनु गलत अभ्यास रहेको बताउनुभयो । उहाँले भवितव्यमा राजनीतिमा आएकाहरूले त्यस्तो व्यवहार देखाएको भन्दै वर्तमान सरकार सहमतिअनुसार अघि बढ्ने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology