Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तीन महिनाको अवधिमा कफी र चियाको व्यापार ६२ करोडले घट्यो


763
Shares

तीन महिनाको अवधिमा कफी र चियाको व्यापार ६२ करोडले घट्यो

काठमाडौ, ११ कार्तिक ।  नेपालमा गएको तीन महिनाको अवधिमा कफी र चियाको व्यापार ६२ करोडले घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षका सुरुका ३ महिनामा ६ अर्ब ९२ करोड ९६ लाख ६१ हजार रुपैयाँको चिया तथा कफीको कारोबार भएकोमा चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा घटेर ६ अर्ब ३० करोड ८३ लाख ९ हजार रुपैयाँको मात्र कारोबार भएको भन्सार विभागले जनाएको छ ।

यो अवधिमा नेपालमा कफीका उपभोक्ता बढे पनि उत्पादन बढाउन नसकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपनिर्देशक डा.लक्ष्मण पोखरेलले सीआइएनसँग बताउनुभयो ।

पोहोरको साउन भदौ र असोजमा ३ अर्ब २० करोड ९२ लाख १६ हजार रुपैयाँको चिया र कफीको आयात भएकोमा यसवर्षका यी ३ महिनामा २ अर्ब ८४ करोड ६१ लाख ४० हजार रुपैयाँको चिया र कफी आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology