Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने उद्योगको बिजुली काट्न सुरु


2K
Shares

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने उद्योगको बिजुली काट्न सुरु

काठमाडौ, ९ कार्तिक । डेडिकेटेड र ट्रङ्कलाइनको बिजुलीको बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको बिजुली काट्न थालेको छ । उद्योगीलाई बक्यौता तिर्न दिएको तीन महिनाको समय हिजो सकिएसँगै प्राधिकरणले रातिदेखि नै उद्योगको बिजुली काट्न थालेको हो ।

प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । यो अवधिमा पनि रकम भुक्तानी नगर्ने उद्योगकोे बिजुली काटिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology