एजेन्सी, ७ कार्तिक । लामो समयसम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर लगभग दोब्बर पुगेको छ । त्यहाँ गरिबीको दर बढेर ७४ दशमलव ३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । युएनडिपीका प्रमुख अचिम स्टेनरले युद्धको प्रभाव भौतिक पूर्वाधार विनाशमा मात्र नभई गरिबी, जीविकोपार्जन लगायतका क्षेत्रमा समेत परेको बताउनुभएको छ ।