Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’


1.3K
Shares

‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’
काठमाडौँ, ३ कात्तिक ।  बाढीपहिरो तथा डुबान प्रभावित जिल्लाका प्रतिनिधिसभा सदस्यले क्षति भएका सडकलगायत पूर्वाधारको पुनःनिर्माण, वस्ती स्थान्तरण तथा पीडितलाई तत्काल आर्थिक सहयोगमा प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।
उहाँहरुले सङ्घीय राजधानीसँग जोडिने र बाहिरिने तथा अन्य मुख्य सडक जुनसुकै विपद्को अवस्थामा नटुट्ने स्थिति बनाउन राज्यले विशेष ध्यान पु¥याउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा सदस्यहरुले नदी र खोला किनारा तथा भीर पहरामा गैरकानुनी ढङ्गबाट खानी चलाउने कार्यले बाढी पहिरो र विपद्का घटना निम्त्याएकाले त्यस्ता गतिविधिलाई तत्काल बन्द गराउन राज्यको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology