Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

देशभरको तापक्रम क्रमशः घट्दो, चिसो बढ्दो


1.3K
Shares

देशभरको तापक्रम क्रमशः घट्दो, चिसो बढ्दो

गोरखा, २ कार्तिक ।  मनसुन बाहिरिएलगत्तै देशभरको तापक्रम क्रमश घट्दो क्रममा छ । न्यूनतम तापक्रम क्रमशः घट्दा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरूमा बिहान बेलुका चिसो महशुस हुन थालेको छ । पोखरामा हिजो १७।९ ‍डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै, दिपायलको न्यूनतम तापक्रम २०.४ डिग्री सेल्सियस, डडेलधुराको १३.३ डिग्री सेल्सियस, धनगढीको २१.५ डिग्री सेल्सियस, विरेन्द्रनगरको १७.४ डिग्री सेल्सियस, नेपालगन्जको २२.६ डिग्री सेल्सियस, जुम्लाको १०.१ डिग्री सेल्सियस, घोराहीको १९.४ डिग्री सेल्सियस मापन भएको थियो।

त्यस्तै, सिमरामा २०.५ डिग्री सेल्सियस, ओखलढुंगामा १४.२ डिग्री सेल्सियस, ताप्लेजुङमा १४.३ डिग्री सेल्सियस, धनकुटामा १५.५ डिग्री सेल्सियस, विराटनगरमा २२.५ डिग्री सेल्सियस, जोमसोममा ९.५ डिग्री सेल्सियस, धरानमा २० डिग्री सेल्सियस, लुम्लेमा १४.५ डिग्री सेल्सियस, जनकपुरमा २२.४ डिग्री सेल्सियस र जिरीमा १३.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो।

देशभर अधिकतम तापक्रम पनि घट्दो क्रममा छ । अत्यधिक गर्मी हुने धनगढी र नेपालगन्जको अधिकतम तापक्रम बिहीबार ३१.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यस्तै जनकपुरमा बिहीबारको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology