एजेन्सी, १ कार्तिक । उत्तरी नाइजेरियामा एउटा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा मुत्यु हुनेको सङ्ख्या १ सय ४० पुगेको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा आगो लागेर धेरैको मृत्यु भएको हो ।
मृतकको सङ्ख्या अझै बढ्न सक्ने त्यहाँको प्रहरीले अनुमान गरेको छ । एक महिनाअघि उत्तर मध्य नाइजेरियामा भएको यस्तै दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो ।