Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि


2.1K
Shares

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

गोरखा, ३० असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १, डिजेल र मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रति लिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ सय ५८ र तेस्रो वर्गमा १ सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४८.५०, दोस्रो वर्गमा १ सय ५० र तेस्रो वर्गमा १ सय ५१ रुपैयाँ कायम भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology