Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने


1.1K
Shares

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने

काठमाडौ, २९ असोज । देशैभरका ५ वर्षमुनिका बालबालिकालाई आउँदो शुक्रवार र शनिवार भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ५ वर्ष मुनिका बालबालिकालाई १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन सकिनेछ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology