Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दशैँ विदापछिको पहिलो दिन ह्वात्तै बढ्यो सुन र चाँदीको मूल्य


1.3K
Shares

दशैँ विदापछिको पहिलो दिन ह्वात्तै बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौ, २९ असोज । दशैँ विदापछिको पहिलो दिन मंगलबार पहेलो धातु सुनको मूल्य उल्लेख्य बढेको छ। यो दिन सुुनको मूूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुुनको मूूल्य प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, यो दिन चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैआ कायम भएको छ। अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ४०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय २९रुपैयाँ कायम थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology