Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपाल-भारत सीमानामा गोली प्रहार


1.1K
Shares

नेपाल-भारत सीमानामा गोली प्रहार

बाँके, २८ असोज । नेपाल(भारत सीमानामा आइतबार राति गोली प्रहार भएको छ। गोली प्रहारबाट एक जना नेपाली नागरिक घाइते भएका छन् । राति करिब ७ बजे खेतमा काम गरिरहेका बेला बर्दियाको गुलरिया(८ आशापुरका बलराम लोधमाथि गोली प्रहार भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जानकारी दिएको छ।

घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरिया हुँदै बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ।

घाइते लोधले भारतीय वनकर्मीले आफूमाथि गोली चलाएको बयान दिएका छन्। यस विषयमा अनुसन्धान भइहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology