Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा गोरखाका अश्विन दानी पक्राउ


1.5K
Shares

पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा गोरखाका अश्विन दानी पक्राउ

गोरखा, २२ असोज । पत्रकारको आवरणमा आपराधिक लाम लिएको अभियोगमा अश्विन दानी पक्राउ परेका छन् । उनीमाथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरिएको हो ।

उनीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको सचिवालयमा रहेर काम पनि गरिरहेका छन् । गोरखा नगरपालिका वडा न ३ नारेश्वर घर दानी ले ११ कक्षा पढदा देखी नै २०७३ देखि नै स्थानीय सचार माध्यम मार्फत पत्रकारिता थाले ।

प्रेस चौतारी गोरखाका अध्यक्ष समेत बनेका उनी पछिल्लोसमय रन्जिता श्रेस्त को नागरिक उन्मुक्ति पाट्री निकट पत्रकारका केन्द्रीय अध्यक्ष हुन । गत चैत मुगा माला सहित पक्राउ परेका उनी धरौटी मा रिहा भएका थिए । उनी अहिले मन्त्री अरुण चौधरीका प्रेस सल्लाहकार हुन । उपत्यका अपराध अनुशासन कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । मुद्दासहित उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology