Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुनको मूल्य तोलामा रु चार सयले बढ्यो


1.6K
Shares

सुनको मूल्य तोलामा रु चार सयले बढ्यो
 काठमाडौँ, १८ असोज । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology