गोरखा,१४ असोज । नेकपा माओवादी केन्द्रले आफ्नो भ्रातृसङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने विषयमा मतदानबाट टुंगो लगाउन निर्देशन दिएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा गएराति बसेको पदाधिकारी बैठकले नेतृत्व चयनमा हस्तक्षेप नगर्ने तर उमेर हदबारे मतदानबाटै टुङ्गो लगाउन स्वयत्तता प्रदान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
अब बन्द सत्रबाटै उमेर हदको टुङ्गो लाग्नेछ । त्यसका लागि पहिलो चरणमा उमेर हद लगाउने र नलगाउनेबीच चुनाव हुनेछ । यदि पक्षमा चुनावी परिणाम आएका २८, ३० र ३२ वर्ष कुन कायम गर्ने भन्नेमा पुनः मतदान हुनेछ ।