Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या एक सय ४८ पुग्यो, ५५ जना बेपत्ता


1.4K
Shares

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या एक सय ४८ पुग्यो, ५५ जना बेपत्ता

गोरखा, १३ असोज । बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ४८ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आज अपराह्नसम्म मृत्यु हुनेको सङ्ख्या एक सय ४८ पुगेको हो । मृतकमध्ये अधिकांश हिजो आएको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् ।

पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका ९ झ्याप्ले खोलामा ३५ जनाको मृत्यु भएको छ । विभिन्न ठाउँबाट यात्राका क्रममा झ्याप्ले खोलामा पुगेका ३ वटा सार्वजनिक गाडी पहिरोमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ४८ जनाको मृत्यु भएको छ ।

विभिन्न ठाउँमा गरी अझै ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी चलिरहेको र घाइते तथा विभिन्न ठाउँमा फसेकाहरुको उद्धार भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार भएको छ । विभिन्न ठाउँमा अवरुद्ध भएका सडक खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology