Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आजदेखि पानी पर्न कम हुने


2K
Shares

आजदेखि पानी पर्न कम हुने

काठमाडौँ, १३ असोज । आजदेखि पानी पर्ने क्रम कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि सक्रिय भएको मनसुन केही कमजोर भएकाले आजदेखि ठुलो पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली भई कोशी, बागमती र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लगातारको झरीका कारण देशभरका ७७५ सडक खण्डमध्ये ६४ वटा पूर्ण रूपमा बन्द भएको तथा ३८३ वटामा एकतर्फी गाडी गुडिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology